logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • ओलीसँगको सम्बन्ध अझै राम्रो हुने कुरामा दुईमत छैन : कांग्रेस सभापति  देउवा

    1KShares
    ओलीसँगको सम्बन्ध अझै राम्रो हुने कुरामा दुईमत छैन : कांग्रेस सभापति  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो भएर अघि बढ्नेमा दुईमत नभएको जिकिर गरेका छन् ।

    मंगलबार सुजाता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीसँग आफ्नो जेलदेखिकै सम्बन्ध रहेको र अहिले त्यो सम्बन्ध झनै राम्रो हुँदै गएको उल्लेख गरे ।

    ‘ओलीजी र कांग्रेस पार्टीबीच सम्बन्ध समधुर भएको छ । जेलभित्र जेल छ । सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँमा छ । उहाँ त्यस्तो ठाउँमा बस्नुभएको मान्छे हो,’ देउवाले भने, ‘राजनीतिक झगडा आफ्नो ठाउँमा छ । तर, उहाँ जेलमेट पनि भएको पनि हो । हाम्रो सम्बन्ध राम्रो हुँदै आयो । अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुईमत छैन । कांग्रेसको तर्फबाट उहाँलाई पूर्ण समर्थन छ ।’



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट