logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने

    865Shares
    कांग्रेसमा क्रियाशील सदस्यता नवीकरण शुल्क २०० रुपैयाँभन्दा बढी लिन नपाउने

      काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्क भन्दा बढी लिन नपाउने निर्णय गरिएको छ ।बढी शुल्क लिएको गुनासो आएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले २०० रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको हो । समितिका संयोजक महामन्त्री गगन थापा रहेका छन्। समितिका केन्द्रीय सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) रहेका छन्।

    विगतमा नवीकरणको क्रममा कतिपय स्थानमा नियमावलीमा तोकिएको रकम भन्दा बढी लिने गरिएको थियो । पार्टीले तोकेको शुल्क अनुसार प्रत्येक वर्ष नवीकरण गर्दा बुझाउनुपर्ने रकम दुई सय रुपैयाँ हो ।

    बैठकले क्रियाशील सदस्यताको कार्ड अपुग भएका जिल्लाहरू डोल्पा, मुस्ताङ, बारा, अर्घाखाँची लगायतका जिल्लामा थप पठाउने निर्णय भएको छ ।

    सदस्यता व्यवस्थापन समितिले विदेशस्थित सबै ३६ वटा जनसम्पर्क समितिलाई नवीकरण कार्ड वितरण गर्ने निर्णय लिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट