logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • यस बर्षको होली पर्व औपचारिक सुरु

    862Shares
    यस बर्षको होली पर्व औपचारिक सुरु

    काठमाडौ । यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ।काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ।

    आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो।

    चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ।

    यो सालको होली पर्व काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २९ गते तराई मधेसका जिल्लाहरूमा चैत १ गते परेको छ।
    हनुमानढोकामा आज ठड्याइएको चीरपूर्णिमाको रातमा टुँडिखेल पुर्‍याइ दाह गरेपछि होली समाप्त हुन्छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट