logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

    955Shares
    अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने

    वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन्। अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको एक दिनपछि अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले सो कुरा बताएका हुन्।

    कर बढाउने अमेरिकी निर्णय कार्यान्यन भएपछि यी दुई देशले पनि प्रतिकार गर्दै सोही किसिमका घोषणा गरेका छन्। अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत करको योजना सार्वजनिक गरेका छन्।

    यसैगरी, २१ दिन भित्रमा थप १२५ अर्ब अमेरिकी डलर बराबरको समानमा करको योजना बनाउने उनले बताएका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आफ्नो योजना आइतबार सार्वजनिक गर्ने बताएकी छिन्।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट