logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • गृहमन्त्री लेखकले ‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए

    964Shares
    गृहमन्त्री लेखकले ‘नो केबलकार’ समूहलाई संसद्‍बाट वार्तामा बोलाए

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केवलकार समूह’ले उठाएका विषयप्रति सरकार गम्भीर भएको उल्लेख गरे । उनीहरूलाई यथाशीघ्र वार्तामा आउन पनि उनले आह्वान गरे। केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत् समाधान गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको पनि बताए ।

    सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको उनले बताए । दोषीलाई कारवाही गर्ने बचन पनि उनले दिए । गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता जनाए ।

    भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताएका छन् । विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै उनले अन्य नीतिगत र कानुनी सुधारबारे छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनर्स्थापना र पुन:निर्माणले लय समातेको उनको भनाइ छ । सीमित स्रोत र साधनबीच अपेक्षित रुपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील रुपमा काम गरिरहेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट