काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् ।धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।
महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको र मधेशी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेशी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले बताए । मधेशी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेशी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।
‘हिजो केही त्रुटी गर्यौं । अलि पहिल्यै आउनुपर्थ्यो हामी-तपाईंहरुका पिर मर्का के छन भन्ने जनयुद्धको बेलामा जस्तै जनआन्दोलनको बेलामा जस्तै सुन्नु पर्ने थियो । त्यो कुरा सदनमा उठाउनुपर्थ्यो । सडकमा लैजानुपर्ने थियो । अलिकति त्यहाँ चुकेकै छौं’ उनले भने ।
अध्यक्ष प्रचण्डले अब आफूलाई मदेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति संभव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया