logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • झापाबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, नौ जना घाइते

    979Shares
    झापाबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, नौ जना घाइते

    काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका– ५ मुलकोटमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेमध्ये सात यात्रु र दुई चालक–सहचालक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए ।

    घाइतेमध्ये सबै सात यात्रुलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि धुलीखेल अस्पताल पठाइएको उनले बताए । इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक एल्जिना राईका अनुसार मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट