logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कुलमानले बुझाए स्पष्टीकरणको जवाफ- ‘मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन’

    850Shares
    कुलमानले बुझाए स्पष्टीकरणको जवाफ- ‘मलाई पदबाट हटाउने अधिकार मन्त्री र मन्त्रालयलाई छैन’

    काठमाडौं| नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट हटाउने अधिकार र मन्त्री र मन्त्रालयलाई नभएको जवाफ दिएका छन्।

    उनले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा उल्टै पटकपटक स्पष्टिकरण सोधेर दुःख र हैरानी दिएकोमा असन्तुष्टि जनाएका छन् ।आफूमाथि जसरी पनि कारवाही गर्ने नियतले विदा स्वीकृतिलगायतका नियमित र अनिवार्य प्रशासनिक काममा समेत बाधा उत्पन्न गरेको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

    मन्त्रालयले कार्यप्रगतिको सम्बन्धमा सोधेको प्रष्टीकरणमा कुलमानले आफ्नो नियुक्ति पश्चात्को प्रगतिको सूचकाङ्क हेर्न सुझाएका छन् । यो सूचकले नै आफ्नो प्रगति उजागर गर्ने उनको जवाफ छ । आव २०८०÷८१ को कार्यसम्पादनको मूल्याङ्कन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैमा अपरिपक्व र अनुचित रहेको समेत बताएका छन् ।

    २४ घण्टाको मात्रै समय दिएर प्रष्टीकरण सोधिएकोमा समेत उनको गुनासो छ । सोधिएका प्रश्नको आधारमा २४ घण्टा भित्र पेस गर्नुपर्ने जरुरपना नदेखिएको भन्दै पर्याप्त समय नदिनु प्राकृतिक न्यायको सिद्धान्त प्रतिकुल रहेको उनको भनाइ छ ।

    उनले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ? भन्ने प्रश्न गर्दै स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारबाही गर्न नमिल्ने जवाफ दिएका छन् ।

    घिसिङलाई ऊर्जा मन्त्री दीपक खड्काले मन्त्री स्तरीय निर्णय गरेर स्पष्टीकरण सोध्दै आन्तरिक तथा बाह्य भ्रमण, काज र बिदाका विषयमा प्रश्न सोधेका थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट