logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य

    874Shares
    ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य

    फुङलिङ । ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य भएको छ ।

    गत माघ ११ गते बिहानदेखि जारी अनिश्चितकालिन निषेधाज्ञा हिजो [मङ्गलवार] राति ११ बजेदेखि अन्त्य भएको हो । हिजो दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस अनुसार ३ दिनदेखि जारी निषेधाज्ञा अन्त्य गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

    कार्यालयले शनिवार राति एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट