logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • डोजरले खसालेको ढुङ्गाले लागेर मुगुमा बालकको ज्यान गयाे

    901Shares
    डोजरले खसालेको ढुङ्गाले लागेर मुगुमा बालकको ज्यान गयाे

    काठमाण्डाै । मुगुमा डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको ज्यान गएको छ । यस्तै ढुङ्गाले लागेर बालककी आमा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

    सोरु गाउँपालिका– १० मा सडक निर्माणका क्रममा खसेको ढुङ्गाले स्थानीय बासिन्दा कल्पना नेपाली र उहाँका १० वर्षीय छोरा लोकजङ्गलाई लागेको हो । बालकको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते आमालाई जिल्ला अस्पताल पठाएको स्थानीय बासिन्दाले बताएका छन् ।

    हिजो बेलुका बारीको कामबाट घर फर्कँदै गर्दा आमा छोरालाई ढुङ्गाले लागेको हो । दोमुख–गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत सोरु गाउँपालिका–१० बजुरेदेखि दोमुखसम्म ट्र्याक खोल्ने काम भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट