logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कांग्रेस सभापति देउवा भारत जाँदै, कुम्भ ग्लोबल समिटमा संवाेधन गर्ने

    1.2KShares
    कांग्रेस सभापति देउवा भारत जाँदै, कुम्भ ग्लोबल समिटमा संवाेधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।

    उनी इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुँदैछन् । कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । त्यहाँ अरु पनि वक्ताका रूपमा सहभागी हुँदैछन् ।

    कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।

    समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट