logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • चिकित्सक संघले आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी

    883Shares
    चिकित्सक संघले आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी

    काठमाडौं । नेपाल चिकित्सक संघले आफ्ना मागहरूलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलन घोषणा गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

    संघले गत आइतबार ४८ घन्टाको समय दिएर सरकारसँग केही माग राखेको थियो । तीमध्ये आंशिक माग मात्र सम्बोधन भएको र बाँकी मागलाई नेपाल सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
    फागुन ७ र ८ गते देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आ –आफ्नो स्वास्थ्य संस्थाअगाडि कालो पट्टी बाँधेर कार्यालय समयको पहिलो १ घण्टा धर्ना कार्यक्रम राखेको छ ।

    यी विरोधका कार्यक्रम सञ्चालन गर्दा समेत सरकारले निकासका लागि सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट