logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • दिल्लीमा बिहानै भूकम्पको धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

    961Shares
    दिल्लीमा बिहानै भूकम्पको धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल

    काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो |

    भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् ।

    दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ ।

     भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट