logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • सुर्खेतबाट महाकुम्भ जाँदै गरेको बस पल्टियो ४ जनाको अवस्था गम्भिर

    862Shares
    सुर्खेतबाट महाकुम्भ जाँदै गरेको बस पल्टियो ४ जनाको अवस्था गम्भिर

    सुर्खेत । आइतबार दिउँसो सुर्खेतमा भएको बस दुर्घटनामा परी घाइते भएका ३९ जना मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन्।घाइतेको कोहलपुरमा उपचार भइरहेको छ । भेरीगंगा नगरपालिका–५ सोनु खोलामा बस दुर्घटनामा घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको हो ।

    गम्भीर घाइते हुनेमा बस चालक गुँरास गाउँपालिका–१, का ३४ वर्षीय गोविन्द खड्का, अर्का चालक ठेगाना नखुलेका दिपक तामाङ, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका ५४ वर्षीय ऋषिराम अधिकारी र ५९ वर्षीय भक्तिराम अधिकारीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट