logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • बैंकिङ क्षेत्र सम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाहीको माग

    928Shares
    बैंकिङ क्षेत्र सम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाहीको माग

    काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका लागि सरकारसँग आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन अफ नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले संयुक्त विज्ञप्ति निकालेर पछिल्ला दिनहरूमा भएका गतिविधिप्रति आपत्ति जनाएका छन् ।

    विभिन्न बैंकका शाखाहरूमा कार्यरत कर्मचारीविरुद्ध अन्यावश्यक टिप्पणी गर्ने, धम्की दिने, बैंकिङ सेवा नै ठप्प पारी दैनिक कामकाज गर्न बाधा पुग्ने गरी बैंकमा तालाबन्दी, ढुङ्गामुढा तथा होहल्ला गर्ने लगायतका गतिविधि बढेको विज्ञप्तिमा उल्लेख छ । कुनै पनि बैंकरवित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा र किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुने उनीहरूले बताएका छन् ।

    बैंकिङ क्षेत्र पारदर्शी र सुरक्षित रहेको भन्दै विज्ञप्तिमा सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिन पनि आग्रह गरिएको छ । हिजो राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले पाथीभरा केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरेको कार्य गलत भएको टिप्पणी गर्नुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट