logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • म्यानचेष्टर सिटीले खायो आर्सनलको पाँच गोल

    922Shares
    म्यानचेष्टर सिटीले खायो आर्सनलको पाँच गोल

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर सिटीलाई ५-१ गोलको अन्तरले पराजित गरेको छ।
    आइतबार राति एमिरेट्स स्टेडियममा भएको खेलमा ठूलो अन्तरको जित हात पारेसँगै आर्सनलले उपाधि दौडमा लिभरपुललाई दबाब दिएको छ।
    आर्सनल लिग लिडर लिभरपुल भन्दा ६ अङ्क पछि छ, तर आर्सनलले एक खेल बढी खेलेको छ।
    मार्टिन ओडेगार्डले पहिलो हाफमा आर्सनलका लागि गोल गर्दै अग्रता लिएका थिए।
    दोस्रो हाफमा एर्लिङ्ग हालान्डले म्यानचेस्टर सिटीका लागि बराबरी गरे। तर आर्सनलले तुरुन्तै अग्रता लिन सफल भएको थियो ।
    थोमस पार्टेले हालान्डले गोल गरेको एक मिनेटपछि आर्सनलको लागि दोस्रो गोल गरेका थिए। त्यसपछि माइल्स लुइस-स्केली, काई हाभर्त्ज र सब्स्टिच्युट इथान न्वानेरीले स्टपेज समयमा उत्कृष्ट गोल गर्दै जित पक्का गरे।
    यो परिणामले आर्सनलले प्रिमियर लिगमा म्यानचेस्टर सिटीविरुद्धको सबैभन्दा ठूलो जितको रेकर्ड बनाएको छ। यो म्यानचेस्टर सिटीको जनवरी २०१७ मा एवर्टनसँगको खेलपछि सबैभन्दा ठूलो अवे हार हो।

    म्यानचेस्टर सिटीका लागि भने यो हारले लगातार पाँचौं पटक उपाधि जित्न कठिन हुनसक्ने देखिएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट