logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • विपक्षी सात दलले अध्यादेश स्वीकार नगर्ने, सडक आन्दोलन गर्ने चेतावनी

    940Shares
    विपक्षी सात दलले अध्यादेश स्वीकार नगर्ने, सडक आन्दोलन गर्ने चेतावनी

    काठमाण्डौ। विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । आज प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दल सहभागी भएको र बैठकले भोलिदेखि सञ्चालन हुने संसद् अधिवेशनमा जनसरोकारका विषयहरू एकमत भएर उठाउने निर्णय गरेको बताउनुभयो ।

    उहाँले सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै बैठकले यसलाई अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो । संसद् बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको विपक्षी दलहरूको निष्कर्ष छ ।

    सदनलाई सशक्त ढङ्गबाट नागरिकका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्नेमा सरकार अध्यादेशका माध्यमबाट जान खोज्नु गलत भएको प्रमुख सचेतक पाण्डेको भनाइ छ । उहाँले सरकारको विरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिनुभएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट