logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

    943Shares
    गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

    काठमाडौं ।  प्रेस चौतारी नेपालको ललितपुर शाखाले पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

    बिहीबार प्रेस चौतारी नेपाल ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनका क्रममा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पूर्वमन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र प्रेस चौतारीका ललितपुर अध्यक्ष बाल मुकुन्द आचार्यलगायतले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन् ।

    उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले  मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तिव्र रफ्तारमा गइरहेको  छ । सही र गलत सूचनाहरुको बीचमा मिडियाहरु छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’

    साथै उनले अहिलेको  समयमा धेरै  मिडियाहरु भएकाले संख्याको  हिसावले मिडिया नजोगिने बताए । उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट