logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रास्वपाले संसदीय दलको बैठक बोलायो

    853Shares
    रास्वपाले संसदीय दलको बैठक बोलायो

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

    बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा बैठक राखिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

    उनकाअनुसार संसदको आगामी अधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेका छन्।

    रास्वपाले पनि सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ।

    अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने उसले बताएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार