logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

    958Shares
    हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ १८ गते संसद्‌मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएपछि प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेक हुन् । पहिलो दिन संसद्लाई सम्बोधन गरेर ओलीले सरकारका कामहरूबारे जनतालाई बताउन लागेका हुन् ।

    उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा‍ सरकारले पेश गर्न लागिएको विधेयकबारे पनि बोल्ने भएका छन् । त्यसैगरी समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८१ माघ १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट