logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क

    835Shares
    हिमोफिलिया रोगको महँगो औषधी अब निःशुल्क

    काठमाडौं । सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसबारे निर्णय गरेका हुन् ।

    निकै महँगो औषधी आवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

    महँगो उपचारको आवश्यकतासँगै बिरामीहरूले बारम्बार सरकारबाट सहयोगको माग गरेका थिए। अब स्वास्थ्य मन्त्रालयले सङ्घीय र प्रादेशिक अस्पतालसहित अन्य सरकारी अस्पतालमा औषधी उपलब्ध गराउने जनाएको छ।

    मन्त्री पौडेलले भने, ‘‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरेर सरकारी अस्पतालमा औषधी उपलब्ध गराउने निर्णय गरेका छौं।’’

    २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हिमोफिलिया भएको हुनसक्ने ठानिएको छ । मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट