काठमाडौं। कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।
आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा कानुन व्यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको बताए । उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए ।
उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ । वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्वपूर्ण कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ । यसको सत्यतथ्य छानविन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ ।’
प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd