logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • सरकार परिवर्तन हुन्छ भन्नु निराधार : शेखर कोइराला

    871Shares
    सरकार परिवर्तन हुन्छ भन्नु निराधार : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले उक्त कुरा बताएका हुन्।

    कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको उनले बताए । उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे ।

    उनले दुई दलबिच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए। संविधान संशोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बिचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए।नेता कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तोकिएको समय अर्थात् २०८२ मङ्सिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए । कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भए पनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।



    फास्ट न्युज    
  • २०८१ माघ ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट