logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • ‘नेपालका झन्डै ८० प्रतिशत जलविद्युत् आयोजनाले प्राकृतिक बहावमा १० प्रतिशत पानी छाडेनन्”

    1.2KShares
    ‘नेपालका झन्डै ८० प्रतिशत जलविद्युत् आयोजनाले प्राकृतिक बहावमा १० प्रतिशत पानी छाडेनन्”

    काठमाण्डौ । नेपालका झन्डै ८० प्रतिशत जलविद्युत् आयोजनाले कम्तीमा १० प्रतिशत नदीको पानी बग्न दिनुपर्ने नियमको पालना नगरेको पाइएको छ । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) ले गरेको अध्ययन अनुसार सबैजसो आयोजनाहरुले वातावरणीय बहाव कायम गर्न नदीमा पानी नछाडेको पाइएको हो ।

    ५० वटा जलविद्युत् आयोजनाको अध्ययन गर्दा ८० प्रतिशतमा हिउँदमा नदीको प्राकृतिक बहाव सुकाएर पानी फर्काएको पाइएको अध्ययनको नेतृत्व गर्ने त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहायक प्राध्यापक दीपनारायण शाहले जानकारी दिनुभयो ।

    इमीकै अर्को अध्ययनअनुसार नियम, निर्देशिका र अनुगमनको अभावका कारण वातावरणीय बहावबारे नियमको पालना हुन नसकेको हो । खोलामा पानी सुक्दा शव जलाउनसमेत समस्या भएको भन्दै विभिन्न आयोजनाका प्रभावितहरुले गुनासो गर्दै आएका छन् ।

    सोलुखुम्बुको लिखुखोलामा पानी सुकाएपछि त्यहाँका बासिन्दाले संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । समितिका सचिव पोष्टकुमार कार्की खोला सुक्दा जनजीवन नै तहसनहस हुन थालेको बताउनुहुन्छ । वातावरणीय बहाव नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र त्यो प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न अत्यावश्यक छ ।

    नेपालमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक सम्बन्ध पनि रहेको छ । तर जलविद्युत् आयोजनाहरुले खोला सुकाउँदा गम्भीर समस्या देखिन थालेका काठमाण्डौ विश्वविद्यालयकी सहायक प्राध्यापक रामदेवी तचमो शाहले बताउनुभयो । खोलानालाको यस्तो दोहन रोक्दै नदीलाई स्वस्थ राख्न तीनै तहका सरकार र स्थानीय समुदायले गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरूको जोड छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट