logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवाको नि:शुल्क ट्युसन पढाउने

    904Shares
    अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवाको नि:शुल्क ट्युसन पढाउने

    काठमाडौं | अनेरास्ववियुले नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ। अनेरास्ववियुले उक्त कक्षा सञ्चालनको लागि सूचना जारी गर्दै फाराम भर्न आव्हान गरेको छ।

    बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले तयारी कक्षाहरु सञ्चालन गर्न लागेको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ।

    ‘विभिन्न पेसा एवं व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको छ,’सूचनामा भनिएको छ,‘त्यसैले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम( https://forms.gle/aZHPtyMntCzhFKeq5 )मा  भरी यस कमिटीमा आवेदन पेस गर्नुहुन र प्राप्त यो सुवर्ण अवसरलाई ग्रहण गर्नुहुन हार्दिक अनुरोध  गरेको  छ।’



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट