logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • जागृति पुग्यो सेमिफाइनलमा

    994Shares
    जागृति पुग्यो सेमिफाइनलमा

    बिर्तामोड |गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो ।
    टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।
    जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।
    यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे । खेलको २० औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो ।
    त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जिटिएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो । खेलको २२ औँ मिनेटमा जिटिएले खेल बराबरी गर्याे । देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।
    ३६ औँ मिनेटमा जिटिएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोललाइनबाट बचाए । पाँचौँ मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलकिपरले उत्कृष्ट बचाउ गरे । १३ औँ मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
    खेलको ६८ औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट