logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • नेपाल र भारतले अंक बाँडे

    1KShares
    नेपाल र भारतले अंक बाँडे

    काठमाडौं    |  एसीसी यू–१९ एसियाकपको मंगलबार नेपाल र भारतबीचको खेल वर्षाले विथोलिएको छ र यससँगै खेलको स्पष्ट नतिजा आएन् । मलेसियाको बायोमास क्रिकेट मैदानमा भएको खेलबाट दुवै टिमले एक एक अंक बाँडेका छन् । नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्यसामु भारतले ३.१ ओभरमा विना कुनै विकेटको क्षति २८ रन बनाएको थियो ।
    त्यही बेला खेल वर्षाले प्रभावित रह्यो र प्रतिस्पर्धा अगाडि बढ्न सकेन् । यो नतिजापछि भारत र नेपाल दुवै समूह ‘बी’ मा समान तीन अंकमा रहे । तर नेट रनरेटको आधारमा भारत भने समूह विजेता बन्यो भने नेपाल उप–विजेतामै सीमित रह्यो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ऐतिहासिक जित निकालेको थियो ।
    अब नेपालले सुपर–फोरमा बिहीबार श्रीलंकाको सामना गर्नेछ भने शुक्रबार बंगलादेशविरुद्ध खेल्नेछ । भारतविरुद्ध भने नेपालका लागि कप्तान पूजा महतोले २५ र अलिशाकुमारी यादवले २० रन बनाइन् । अन्य ब्याटरले दोहोर अंक छुन सकेनन् । भारतका लागि परुनिका सिसोडियाले चार विकेट लिंदै उत्कृष्ट बलिङ गरिन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट