logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • तबलावादक उस्ताद जाकिर हुसैनको निधन

    976Shares
    तबलावादक उस्ताद जाकिर हुसैनको निधन

    भारत । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो ।परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए।जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो ।

    उनका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो। जाकिरका पिता अल्लाह राखा पनि तबला वादक थिए। जाकिर हुसैनले आफ्नो प्रारम्भिक शिक्षा मुम्बईको माहिमको सेन्ट माइकल स्कूलबाट गरेका थिए।उनले मुम्बईको सेन्ट जेभियर कलेजबाट स्नातक गरे। हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम लिभिङ इन द मटेरियल वर्ल्डु सार्वजनिक गरे।हुसैनले सन् २००९ मा आफ्नो पहिलो ग्रामी पुरस्कार प्राप्त गरे। सन् २०२४ मा उनले ३ फरक एल्बमका लागि ३ ग्रामी जिते। यसरी जाकिर हुसैनले कुल ४ वटा ग्रामी अवार्ड जितेका छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट