logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • रविविरुद्धको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाइयो

    943Shares
    रविविरुद्धको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाइयो

    कास्की ।  सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

    सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले आज (सोमबार) सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

    संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।

     कास्की प्रहरीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएको  हो ।



    फास्ट न्युज    
  • २०८१ पुष १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार