logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • मंसिर २९ र ३० मा कोशी प्रदेशका तरुणहरुको भेला

    1.7KShares
    मंसिर २९ र ३० मा कोशी प्रदेशका तरुणहरुको भेला

    काठमाण्डाै । नेपाल तरुण दलको केन्द्रीय सदस्यहरुको भेला भोजपुरमा आयोजना हुने भएको छ। यहि मंसिर २९ र ३० गत्ते हुने कार्यक्रम
    नेपाल तरुण दलको केन्द्रीय समितिमा रहेका कोशी प्रदेश भरिका केन्द्रीय सदस्यहरुलाई एकै ठाउमा जुटाएर संगठनको साझा धारणा र एक आपसमा सुमधुर सम्बन्ध स्थापित गर्ने उदेश्यले कोशी प्रदेशको भेला आयोजना गरिएको भोजपुरका पुर्व जिल्ला अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य जनक घलेले फास्ट न्युज ७७ लाई जानकारी दिनुभयो।

    तरुणदलका केन्द्रीय अध्यक्ष बिद्वान गुरुङको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रममा कोशी प्रदेश भित्रका तरुण दल जिल्ला अध्यक्षहरुको पनि सहभागिता हुनेछ। २९ गत्ते भोजपुरको सदरमुकाममा उद्घाटन भएको कार्यक्रम ३० गत्ते भोजपुर र खोटाङको सिमानामा रहेको पर्यटकीय क्षेत्र टेम्के डाडाको अवलोकन र वनभोजमा सहभागी भएपछि समापन हुने आयोजक जिल्ला भोजपुर तरुण दलका अध्यक्ष ज्योति पौडेलले बताउनुभयो।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट