दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कांग्रेसका उम्मेदवार कुँवरले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन्
यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।
यसैबीच, जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।
यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।
यसैबीच, रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भूपमणि पुनमगर निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनी नेकपा ९एमाले०का बेगम पुनलाई हराउँदै निर्वाचित भएका हुन् ।
निर्वाचित भएका मगरले ६४३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का पुनले ५३५ मत ल्याए । यसैगरी, नेकपा ९माओवादी केन्द्र०का नरेशजंग सिंहले ७० मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर ओलीले १० मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले सात मत ल्याए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया