logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी

    1KShares
    उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी

    काठमाडौँ । देशका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि भएको निर्वाचनको मतदान जारी छ । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

    ‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । विनाअवरोध मतदान कार्य जारी छ,’ उनले भनिन् ।

    बिहान ७ बजेबाट सुरु भएको मतदानमा ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको उनले बताइन् । ‘११ बजेसम्म २५ प्रतिशत मत खसेको छ,’ उनले भनिन् । बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।

    ३२ जिल्लाका ३८ स्थानीय तहमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो ।

    यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

     



    फास्ट न्युज    
  • २०८१ मंसिर १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट