काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने पक्कापक्की भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार सरकारी र निजी क्षेत्र गरी भ्रमण टोली ८७ सदस्यीय रहनेछ। सरकारी खर्चबाट जाने टोली ३९ सदस्यीय रहनेछ।
मन्त्री पाण्डेले चीन भ्रमणमा परराष्ट्र मन्त्री आरजु राणा देउवा पनि सहभागी रहने बताए। अरु मन्त्री चीन जाने कार्यक्रम नभएको पनि उनले बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा निर्धारण भइनसकेको पनि उनले बताए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया