काठमाडौं ।परराष्ट्र मन्त्री आरजु राणा मङ्सिर १३ गते चीन जाने भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन।
स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली १७ मङ्सिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन्।त्यसपछि उनी उतैबाट प्रधानमन्त्री ओलीको नेतृत्वको भ्रमण दलमा सहभागी हुनसक्ने सम्भावना बढी छ । प्रधानमन्त्री ओलीकाे चिनियाँ समकक्षीको निम्तोमा १७ देखि २१ मंसिरसम्म चीन भ्रमणमा जाने तयारी तीव्र रूपमा चलिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया