logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

    976Shares
    मायावी’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

    काठमाडौं । दीवाकर भट्टराईको निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’को रिलिज डेट घोषणा गरिएको छ ।

    पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । अब यो चलचित्र माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते रिलिज हुनेछ ।

    पटकपटक प्रदर्शन मिति परिवर्तन भएको यो चलचित्रले रिलिज डेट लक्ड गरेको हो । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार पल शाह र दीपिका प्रसाईं फिचर्ड छन् । पोस्टरमा पलका दुई र दीपिकाको एउटा तस्बिर छ ।

    पोस्टरमा दुवै भावुक देखिएका छन् । पलको आँखाबाट आँशु चुहिएको छ । उनी दीपिकालाई हेरेर रोहिरहेका छन् । दीपिकाको अनुहार रुन लागेको जस्तो देखिन्छ ।

    पल र दीपिकाको अनुहार हेर्दा उनीहरू बिछोडको संघारमा रहेको देखिन्छ । बिछोड हुन लोगेको अवस्थामा एकले अर्कोलाई धक फुकाएर मनका कुरा साटेको र बिलखबन्धनमा परेको अवस्थामा केही गर्न नसकेको भाव पोस्टरमा देखिन्छ ।

    ‘मायावी’मा पल र दीपिका सँगै सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

    निर्देशक भट्टराई स्वयंको लेखन रहेको सिनेमाको कथा पोखराको परिवेशमा तयार पारिएको छ । क्रिएटिभ सिने आट्र्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा राजु थापाको डीओपी, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, राम अविरल र दयाराम पाण्डेको गीत रचना छ ।

    ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको सिनेमाको सह–निर्मातामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली रहेका छन् । प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की हुन् । वसन्त अधिकारी सह–निर्देशक रहेको सिनेमामा मनोरञ्जन श्रेष्ठको कलर, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट