logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ

    853Shares
    निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ

    काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्र्तवार्तामा गलत विवरण सहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ती जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।

    सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सुचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

    ‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटा हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्यालदम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’

    आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्र्तवार्तामा दिएको प्रहरीको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट