काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा पुग्ने आठै टोलीको टुंगो लागेको छ। समूह चरणका केही खेलहरू बाँकी भए पनि अंक तालिकाको आधारमा चार वटै समूहका दुई/दुई टोलीको टुंगो लागेको हो।
>समूह ‘ए’ का पाँच देशले सबै खेल खेलिसकेका छन्। यो समूहमा भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स र नामिबिया छ।समूह चरणका चारै खेल जितेर भारत शीर्ष स्थानमा हुँदै सुपर-८ प्रवेश गरेको छ। पाकिस्तानले भारतबाहेक सबै देशलाई पराजित गरी ६ अंकसहित सुपर-८ मा प्रवेश गरेको छ।
अमेरिकाले दुई खेल र नेदरल्याण्ड्सले १ खेल जित्दा नामिबिया अंकबिहीन हुँदै बाहिरिएको छ। समूह ‘बी’बाट श्रीलंका र जिम्बाब्वे सुपर-८ मा पुग्ने निश्चित भएको छ। यी दुवै टोलीले अब एक अर्काविरूद्ध खेल्न बाँकी छ। जित्ने टोली समूह विजेता हुँदै र हार्ने टोली उपविजेता हुँदै सुपर-८ मा पुग्नेछ।
समूह ‘सी’ बाट वेस्ट इण्डिज र इंग्ल्याण्ड सुपर-८ मा पुग्ने पक्का भएको छ। समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्ड सुपर-८ मा पुग्ने पक्का भएको छ।
सुपर-८ को खेल शनिबारदेखि हुनेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया