logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो

    847Shares
    डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो

    काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो छ ।
    सन् २०२४ जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको थियो । जबकि सेप्टेम्बर महिनाको ११ दिनमा एक हजार ३३१ जनामा सङ्क्रमण पाइएको छ ।
    गत महिनामा मात्रै ४ हजार २२६ जना डेंगु सङ्क्रमित भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जनवरी महिनायता देशभर ८ हजार १५९ जनामा डेंगु सङ्क्रमण फैलिएको छ । ्
    डेंगु सङ्क्रमण अझै बढ्न सक्ने चिकित्सकले बताएका छन् ।
    नेपालमा डेंगु सङ्क्रमणको सङ्ख्या बढ्दै जानुमा नागरिक सचेत हुन नसक्नु मुख्य कारण रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकी बताउँछन् ।
    मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले आम नागरिकलाई शरीर ढाक्ने कपडा लगाउन, झुल प्रयोग गर्न, कार्यालय वा घर वरिपरि पानी जम्न नदिन, सातामा एकदिन कार्यालय वा घर वरिपरि सरसफाइ गर्न, झ्याल र ढोकामा जाली लगाउन सुझाव पनि दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट