काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर २५ गते बिहीबार किताबजात्रा, नेपाल पुलिसक्लब, भृकुटीमण्डपमा आयोजित पुस्तक लोकार्पण समारोहमा साहित्यकार, समालोचक, पाठक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । द्वैभाषिक (नेपाली–अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविको मूल नेपाली कवितासँगै उनका १४ वर्षीय छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया