logo

२०८१ माघ १ मंगलबार

logo
  • मंगलबार, १ माघ २०८१
  • रास्वपाप्रतिको आकर्षण बढेको छ, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंँ : रवि लामिछाने

    रास्वपाप्रतिको आकर्षण बढेको छ, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंँ : रवि लामिछाने

    273
    SHARES
    रास्वपाप्रतिको आकर्षण बढेको छ, मतपत्रबाट शान्तिपूर्ण विद्रोह गछौंँ : रवि लामिछाने

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन्।



    उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरूले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरूलाई आफूहरूले अवमूल्यन नगर्ने स्पष्ट गरे। सभापति लामिछानेले आफूहरू राम्रो नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरूको आगमननै अरुको लागि समस्या बनेको बताए।

    उनले भने, ‘हिजो भर्खरै संसदीय छानविन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मुल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्वीकार्न के गार्हो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’

    कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे । त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे ।

    ‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस,’उनको भनाइ छ ।


    फास्ट न्युज
  • मंगलबार, १ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट