logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन

    976Shares
    जसपा नेपालको अभियान उद्घाटन तयारी समिति गठन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ ।

    पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ ९ गते काठमाडौंमा एक कार्यक्रमकाबीच अभियानको उद्घाटन गर्ने तयारी रहेको छ ।जसअनुसार सो अभियान उद्घाटनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी एवम् बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्लाका अध्यक्षहरु रहने गरी जीवन लामाको संयोजकत्वमा अभियान उद्घाटन मूल आयोजक समिति गठन गरिएको हो ।त्यस्तै पार्टीका केन्द्रीय सदस्य ज्ञानबहादुर लामाको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्षहरु रहने गरी आर्थिक समिति गठन भएको छ । साथै ओमकृष्ण श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र राज लामा शेर्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

    साथै ओमकृष्ण श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र राज लामा शेर्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

    विस्तारित बैठकले पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश समितिको सह इन्चार्ज सुनी लामालाई पार्टी केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट