logo

२०८३ भाद्र १० बुधबार

logo
  • २०८३ भाद्र १० बुधबार
  • हत्या, हिंसा र आन्दोलन बढ्नुले सरकारप्रतिको विश्वास घटेको देखाउँछ : सिंह

    748Shares
    हत्या, हिंसा र आन्दोलन बढ्नुले सरकारप्रतिको विश्वास घटेको देखाउँछ : सिंह

    काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमेशकुमार सिंहले जनतामा सरकारप्रतिको विश्वास र प्रभाव घट्दै गएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनका घटना बढ्दै जानुले सरकारप्रति जनताको विश्वास कमजोर हुँदै गएको देखिएको बताएका हुन्।

    ‘पछिल्लो समय बारा र सप्तरीका घटना मात्रै होइनन्। सरकार बनेदेखि कप्तानगन्जको घटना होस् वा मिटरब्याज, लघुवित्तपीडित तथा चिकित्सकका विभिन्न आन्दोलन, यस्ता घटना दिनहुँ भइरहेका छन्,’ उनले भने, ‘यसले हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको देखाउँछ।’

    समाजमा बढ्दो अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार तथा विभिन्न आन्दोलनले नागरिकमा दुःख र आक्रोश बढिरहेको संकेत गर्ने उनले बताए।

    ‘जब समाजमा बेथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यस्तो समाजमा अपराध बढ्छ,’ सिंहले भने।



    फास्ट न्युज    
  • २०८३ भाद्र ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट