काठमाडौं ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण र संसद् बैठक सञ्चालनका लागि सङ्घीय संसद् सचिवालयले निर्माणाधीन संसद् परिसरभित्रको बहुउद्देश्यीय हल तयार गरेको छ । पर्सि बिहीवार हुने शपथ कार्यक्रमका लागि हलको भौतिक व्यवस्थापन कार्य सम्पन्न भएको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको स्थायी सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि यो हललाई अस्थायी रूपमा संसद् सञ्चालनका लागि प्रयोग गर्न लागिएको हो ।
सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीकाअनुसार धेरैजसो पूर्वाधार तयार भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा छन् । कुर्सीहरूमा माइक्रोफोन जडान भइरहेको र भोलिसम्म सकिने उहाँले जानकारी दिए। दुई वटा कुर्सीमा एउटा माइक्रोफोनको व्यवस्था गरिएको छ । सभामुखका लागि छुट्टै कोठा र अतिरिक्त बस्ने व्यवस्था पनि मिलाइँदैछ ।
पर्सि हुने शपथ कार्यक्रममा २४ जना सांसदले मातृभाषामा शपथ लिँदैछन् । स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधिसभाका बैठकहरू यही हलबाट सञ्चालन हुनेछ । पहिलो अधिवेशनसमेत यही हलमा बस्ने सम्भावना रहेको सचिवालयले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया