काठमाडौं | विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सोमबार यो आदेश दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन् ।
गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २८ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
२०७९ सालको निर्वाचनमा काठमाडौँ–३ बाट निर्वाचित भएका चालिसेमाथि अख्यिारले गत मंसिरमा मुद्दा दर्ता गरेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया