logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • यस्ता छन् जसपा नेपालको बैठकका निर्णयहरु

    862Shares
    यस्ता छन् जसपा नेपालको बैठकका निर्णयहरु

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक आज पनि बस्दै छ ।  बैठकमा हालै सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरुका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन सुझाव दिनका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेको कार्यदल गठन गरेको छ ।

    बैठकपछि जसपा नेपालले परिपत्र जारी गरी चार सदस्यीय विशेष टास्क फोर्स र तीन सदस्यीय टास्क फोर्स गठन गर्ने निर्णय भएको जनाएको हो।

    विशेष टास्क फोर्समा पार्टी उपाध्यक्ष राजकिशोर यादवलाई संयोजक बनाइएको छ। विशेष टास्क फोर्समा खालिद सिद्धिकी, मनिषकुमार सुमन र शैलेन्द्र प्रसाद साह सदस्य छन्।

    त्यस्तै बैठकबाट पार्टीको केन्द्रीय सदस्यहरुमा आत्माराम साह, खेमनारायण यादव, दिलबहादुर लामा र धुर्व राई मनोनित भएका छन् ।

    जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमन कुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन भएको छ ।

    प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।



    फास्ट न्युज    
  • २०८१ माघ २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट