logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रुपन्देहीबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी

    886Shares
    रुपन्देहीबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

    लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट