logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छ: प्रकाशशरण महत

    838Shares
    संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छ: प्रकाशशरण महत

    नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताएका छन् ।संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उनले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुने गरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गरे ।

    “संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो”, उनले भने ।

    नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा राख्नुभयो संविधान संशोधनमा जनताको सुझाव, संसद्मा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने उनको भनाइ थियो ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट