काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । ४ असोजमा अमेरिका जाने प्रधानमन्त्री ओली ११ असोजमा फिर्नेछन् । सत्ता पक्षमा रहेको जनमत उपसभामुख रानामगरलाई हटाउन तयार नभएपछि अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागि टरेको गठबन्धनका शीर्ष तहका नेताले जानकारी गराए ।
उपसभामुख हटाउन पुग्ने गरी स्पष्ट दुई तिहाईको आधार नदेखिएकाले अविश्वासको प्रस्ताव ल्याउने दिन यकिन हुन नसकेको हो । सत्ता पक्ष स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ३१ भदौबाट संसद बैठक रोक्ने तयारी छ ।
शुक्रबारको संवैधानिक परिषद् बैठकमा उपसभामुख रानाले आफ्नो बारे चलेका चर्चाबारे प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री ओलीले भने अहिले बाहिर आएका कुराहरुको पछि नलाग्न आग्रह गरेका थिए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd