logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने रास्वपाको निर्णय

    712Shares
    मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने रास्वपाको निर्णय

     काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

    मंगलबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विनिता कडायतले जानकारी दिइन् ।

    रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए।

    रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

    ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ११, मंगलवार ०६:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार