logo

२०८२ कार्तिक २९ शुक्रबार

logo
  • २०८२ कार्तिक २८
  • आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

    826Shares
    आज विश्व फोटोग्राफी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाडौं । आज ‘विश्व फोटोग्राफी दिवस’ नेपालमा पनि मनाइएको छ ।  सन् १८३९ अगष्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको थियो ।

    प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।

    दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले सोमबार ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ । फोटो प्रदर्शनीको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नुभयो ।

    पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।

    सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई पहिलोपटक मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउने गर्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३, सोमबार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार